स्वर्ण विजेतालाई सरकारले जनही रु. ९ लाख पुरस्कार दिने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २५, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौं । काठमाडौं, पोखरा र जनकपुरधाममा सञ्चालित दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले जनही रु. ९ लाख रुपैयाँ पुरस्कारस्वरुप प्रदान गर्ने भएको छ ।

बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषण गरेका हुन् ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस