क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने ! उनको आगमनले भ्रमण वर्षलाई टेवा पुग्ला ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ १७, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाण्डौ । वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् । उनलाई पोखरा राइनोजले अनुबन्धन गरेको छ । पोखरा राइनोजले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी क्रिस गेलसँगको अनुबन्धनबारे जानकारी गराएको हो ।

नेपालमा प्रिमियर लिग खेल्न आउन क्रिस गेललाई छ महिना अघि नै प्रस्ताव गरिएको थियो । पत्रकार सम्मेलनमा प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले गेललाई नेपालमा खेल्नका लागि चित्त बुझाउन छ महिना कसरत गर्नुपरेको बताए । क्रिस गेल टेष्ट खेलमा तेहरा शतक, अन्तर्राष्ट्रिय एकदिवसीयमा दोहोरा शतक र टी ट्वान्टीमा शतक लगाउनुहुने पहिलो र एक मात्र खेलाडी हुन् । नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले भने विश्व क्रिकेटका महान खेलाडी क्रिस गेलसँगै अन्य विदेशी क्रिकेटरको आगमनले नेपालमा क्रिकेटको सम्भावनालाई थप बल पुर्याउने बताए । उनी भन्छन् “घरेलु लिगको अनावरणसँगै नेपाली क्रिकेटको सम्भावनाको ढोका खोलिनेछन् ।” अनुबन्धनपछि नेपाली क्रिकेट प्रशंसकलाई दिनुभएको सन्देशमा गेलले ठट्टासँगै टी ट्वान्टीको ‘किंग’ रहेको आफू नेपाल भ्रमण गर्न आउन लागेको बताए ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस