ओमानसंग नेपाल १८ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २२, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।

कीर्तिपुस्थित टीयू मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो ।

ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस