माघ २९, काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन् ।
अंक तालिकामा ११ औं स्थानमा रहेको हिमालयन शेर्पा क्लब आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहान्छ। यद्यपि, उसले आजको खेलमा जित निकाले पनि स्थानमा भने परिवर्तन हुने छैन् । हिमालयन शेर्पा क्लबले दुई जित र चार बराबरी खेल्दै १० अंक बनाएको छ ।