म्यानचेस्टर सिटीलाई युरोपमा प्रतिबन्ध !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ ।
एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने प्रतिबन्ध लगाएको छ ।

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको छ । सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिलको लागि पुर्याएको छ । सिटीले यस किसिमको सजाय पाउँदा अचम्मित नभएको बताउँदै अपिल गर्ने बताएको छ ।

सिटीले सन् २०१२ देखि २०१६ को बिचमा क्लबलाई आएको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप लागेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परिक्षणमा राखेको आरोप लागेको छ । यस कारवाहीसँगै सिटीले अर्को सिजनदेखि दुई वर्ष च्याम्पियन्स लिग र युरोप लिगमा सहभागिता जनाउन पाउने छैन ।

यूईएफएको कारवाहीमा परेको सिटी प्रिमियर लिगमा पनि कारवाहीमा पर्ने सम्भावना छ । प्रिमियर लिगमा भने पोइन्ट घटाएर कुनै टोलीलाई कारवाही गर्ने प्रावधान छ । यसबारे प्रिमियर लिगले पनि छिट्टै आफ्नो निर्णय सुनाउने छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस