एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगिता : थाइल्याण्डविरूद्ध नेपालको कीर्तिमानी जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । एसिसी टी २० पूर्व क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । ६७ रनको सामान्य लक्ष्य नेपालले १ विकेटको क्षतिमा ५।३ ओभरमा ७२ रन बनाउँदै पूरा गर्यो । यो नेपालले टी-२० क्रिकेटमा सबैभन्दा कम बलमा हात पारेको जित हो । नेपालका लागि कुशल मल्लले ३६ रन र पवन सराफले अविजित २७ रन जोडे । ओपनिङमा आएका पारसले ९ रन बनाए । पहिले ब्याटिङ गरेको थाइल्याण्डले जम्मा ६६ रन बनायो । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहराले २ विकेट हात पार्दा सन्दीप लामिछाने र भुवन कार्कीले समान एक(एक विकेट हात पारे ।

यसअघि भएको दुबै खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो । प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस