कोरोनाका कारण राष्ट्रिय फुटबल टिमको प्रशिक्षण र महिला राष्ट्रिय लिग स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । कोरोनाले प्रभाव नेपाली फुटबलमा पनि परेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण नेपालको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल र पुरुष राष्ट्रिय टिमको प्रशिक्षण रोकिएको हो । एन्फाले महिला लिग तोकिएको मिति भन्दा ढिला हुने जनाएको छ । लिगको पहिलो चरण चैत ३ देखि १३ गतेसम्म धरान रंगशालमा हुने तय थियो । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीवार मात्रै चैत ३ गते देखि महिला लिग आयोजना गर्ने भन्दै खेल तालिका नै सार्वजनिक गरेको थियो ।

त्यसको एकदिनपछि नै एन्फाले उक्त लिग तत्कालको लागि स्थगित भएको जनाएको हो । यस्तै फिफा विश्वकप र एएफसी एसियन कप छनोट अन्तर्गत चाईनिज ताईपेई र अष्ट्रेलियासँग घरेलु मैदानमा हुने खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण स्थगित गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले बिहीबार संयुक्त बैठक बस्दै मात्रै आफ्ना एसियाली सदस्य राष्ट्रलाई आगामी फिफा विश्वकप छनोटका खेल स्थगित गर्नेबारे पत्र पठाएको थियो ।

कोरोनाको सम्भावित संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले बिहिबार मात्रै स्वास्थ्यलाई ध्यानमा राख्दै अहिले भइरहेको चलिरहेका खेलकुद गतिविधिहरु स्थगित गर्न सूचना जारी गरिसकेको छ । नेपालले आगामी चैत १३ गते चाईनिज ताईपेई र चैत १८ गते अष्ट्रेलियासँग विश्वकप छनोट खेल्न तालिका थियो । त्यसका लागि सातदोबाटोस्थित एन्फा मैदानमा नेपाली टिमले केही दिनयता तयारी गरिरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस