जोर्डनसंगको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २४, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २४,काठमाडौँ । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।

जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस