युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदै, आज कुन टिम भिड्दैछन् ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ १२, शनिबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन् । पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् ।

समूह ए को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह बी को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो । यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस