साफ यू–१९ महिलाः भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ३, शनिबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल शीर्ष स्थानमा उक्लदै फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाकामा शुक्रबार भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

शुक्रबारको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरे । मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

कुशुमले १८ औ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१ औं मिनेटमा ३–० को अग्रता दिलाईन । मेनुकाले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । यता भारतले भने तीन मध्ये दुई खेलमा जीत र एक खेलमा पराजय भोग्दै ६ अंक जोडेको छ ।

नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ ।

यता चार खेलमध्ये केवल एक खेलमा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस