साफ यू–१९ महिलाः नेपालको फाइनल पुग्न असफल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ५, सोमबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । नेपाल साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ । आयोजक बंगलादेशले आइतबार भएको खेलमा श्रीलंकालाई १२(० गोल अन्तरले पराजित गरेपछि नेपालको फाइनल प्रवेशको सम्भावना सकिएको हो ।

ढाकामा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने समीकरण थियो । तर, बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गर्यो । श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।

अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

बंगलादेशले ४ खेलमा १० अंक जोडेको छ । भारतले ४ खेलमा ९ अंक जोड्यो । नेपालले ४ खेलमा ७ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस