एशेज शृङ्खला: अस्ट्रेलियाले इङ्ल्यान्डलाई दुई सय ७५ रनले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ५, सोमबार (३ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । एशेज शृङ्खलाको दोस्रो टेस्ट अस्ट्रेलियाले दुई सय ७५ रनले जितेको छ । चार सय ६८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड अन्तिम दिन एक सय ९२ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका झे रिचर्डसनले पाँच तथा मिचेल स्टार्क र मिचेल नेसरले दुई–दुई विकेट लिए ।

यसअघि पहिलो पारीमा दुई सय ३७ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा नौ विकेट गुमाउँदै दुई सय ३० रनमा पारी समाप्तीको घोषणा गरेपछि इङ्ल्यान्डले चार सय ६८ रनको लक्ष्य पाएको थियो ।

यो जितसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलयाले दुई–शून्य को अग्रता बनाएको छ ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस