‘ए’ डिभिजन लिग: एपीएफले फ्रेन्ड्सलाई तीन–एक गोलले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ५, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा आज सोमवार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई तीन–एक गोलले हरायो । एपीएफको जितमा आशिष लामाले दुई र विकी तामाङले एक गोल गरे । फ्रेन्ड्सका लागि प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।

आजको जितसँगै एपीएफ रेलिगेशन जोनबाट माथि उठ्दै चार अङ्कका साथ ११ औँ स्थानमा पुगेको छ । दुई अङ्क रहेको फ्रेन्ड्स पुछारमा रहेको छ ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस