काराबाओ कपः आर्सनल सेमिफाइनलममा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ७, बुधबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस ७, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलममा पुगेको छ । मंगलबार राति भएको खेलमा सन्डरल्याण्डलाई ५-१ गोल अन्तरले हराउँदै आर्सनल अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा एडवर्ड एनकेटियाले ह्याट्रिक गरेपछि आर्सनलले फराकिलो जित निकालेको हो । खेलको १७ औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए । २७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए ।

३१ औं मिनेटमा नाथनले गोल गर्दै सन्डरल्याण्डलाई २-१ को स्थितिमा ल्याए । खेलको ४९ औं मिनेटमा एनकेटियाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।

एनकेटियाले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा आर्सनल ४-१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा चार्ली पटिनोले गोल गरेपछि आर्सनल ५-१ ले विजयी भयो ।

आर्सनलले सेमिफाइनलमा टोटेनहम र वेस्ट ह्यामबीचको विजेतासँग खेल्नेछ ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस