काराबाओ कपः लिभरपुल सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ८, बिहिबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस ८, एजेन्सी । लिभरपुल काराबाओ कप फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित समय ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।

लिभरपुलका जेम्स मिलर, रोबर्टो फिर्मिन्हो,एलेक्स चेम्बरलिन, नेबी केइटा र डिएगो जोटाले पेनाल्टीमा गोल गरे । टाकुमी मिनामिनोले पेनाल्टीमा गोल गर्न सकेनन् । लेस्टरका युरी टेलीमान्स, जेम्स म्याडिसन,अल्ब्राईटन र केलिची इहानाचोले पेनाल्टीमा गोल गरे । तर, थोमस र बर्ट्रान्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।

पेनाल्टी अघि लिभरपुलले दुई गोलको अग्रता उल्टाएर बराबरी गरेको थियो । पेनाल्टी अघि लेस्टरका जेमी भार्डीले दुई गोल गरेका थिए । जेम्स म्याडिसनले एक गोल गरे ।

यस्तै लिभरपुलका एलेक्स चेम्बरलिन, डिएगो जोटा र टाकुमी मिनामिनोले एक एक गोल गरेका थिए । अब लिभरपुलले फाइनल प्रवेशका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

१२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस