एसियन सेन्ट्रल जोन महिला भलिबल: नेपालको लगातार दोस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष ९, शुक्रबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कvollyपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकालेको छ । बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

साविक विजेता समेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो । लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो ।

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै पुरुष टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो ।

ताजा अपडेट

१३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस