कात्तिक ३,पोखरा । प्याराग्लाइडिङमा खेलाडी दुर्घटनामा मृत्यु हुँदा अभ्यास खेललाई आधार मानेर पदक वितरण गरिएको छ । यसै खेलका क्रममा मृत्यु भएका खेलाडी निसिम थापालाई भने मानार्थ स्वर्ण पदक वितरण गरिएको हो ।
नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा अभ्यासका क्रममा रजत जिते । खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गर्यो । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप गोल्ड मेडल दियो र २५ हजार नगद पनि दियो ।
उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ । २९ वर्षीय थापा पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्व। गोल्ड मेडलिष्ट बन्न पुगेका छन् । उनका काका भेनिस थापाले निसिमको पदक लिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रंगिन तस्बिर सहित लेख्यो, “उई विल मिस यु…।”