अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष ४, सोमबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पा्रैष ४, काठमाडौं । साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको छ । साबिक विजेता फ्रान्सलाई टाइब्रेकारमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकपको च्याम्पियन बनेको हो ।

मेस्सीको कप्तानीमा अर्जेन्टिना पहिलोपटक विश्वकप च्याम्पियन बनेको हो । अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भएका हुन् । अर्जेन्टिनाले छैटौंपटक फाइनल खेल्दा तेस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । तेस्रोपटक च्याम्पियन बन्न अर्जेन्टिना ३६ वर्ष लाग्यो । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकप जितेको थियो । त्यसबेला डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

३६ वर्षपछि अर्जेन्टिनालाई च्याम्पियन बनाउन कप्तान मेस्सीले उच्च प्रदर्शन गरे । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो । फ्रान्सलाई हराएसँगै अर्जेन्टिनाले सन् २०१० मा स्पेनको शैलीमा च्याम्पियन बनेको छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जित्न सफल भएको थियो ।

अर्जेन्टिनाले पनि पहिलो खेलमा हार भोगे पनि त्यसपछिको सबै खेल जितेर च्याम्पियन बनेको हो । कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोरेको अर्जेन्टिनाले त्यसपछि मेक्सिकोलाई २–०, पोल्यान्डलाई २–०, अस्ट्रेलियालाई २–१, नेदरल्यान्ड्सविरुद्ध २–२ कोबराबरीपछि अतिरिक्त समयमा ४–३ को जित र सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनलमा पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस