नेपाल टी-२० लिग क्रिकेटः खेल तालिका संसोधन, शनिबार उद्घाटन हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष ८, शुक्रबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौ । नेपाल टी-२० लिग क्रिकेटको संशोधित खेल तालिका सार्वजनिक भएको छ ।  तयारी अभावमा आजबाट सुरु हुने खेल एक दिन पछाडि सारिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल जनवरी ११ तारिखमा हुनेछ ।

कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस