बङ्गबन्धु एसियन जोन: नेपाल पराजित, बङ्गलादेश फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष १०, आईतबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १०,काठमाडौँ । बङ्गलादेशमा चलिरहको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा पनि नेपाल पराजित भएको छ । यसअघि लागातार तीन वटै खेल हारेको नेपाल सेमिफाइनलको खेलमा पनि पराजित भएको हो ।

आज आइतवार भएको सेमिफाइनल खेलमा नेपाललाई आयोजक बङ्गलादेशले तीन–शून्यको सोझो सेटमा हराएको हो । अब बङ्गलादेशले फाइनलमा उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराएर फाइनल पुगिसकेको छ ।

नेपालले अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस