डोरियन आँधीका कारण नर्थ क्यारोलिना आइल्याण्डमा सयौँ मानिस फसेको अनुमान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र २१, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । डोरियन समुद्री आँधीका कारण अमेरिकाको केही क्षेत्रको जनजीवन प्रभावित भएको छ । साउथ तथा नर्थ क्यारोलिना पुगेको आँधीले ल्याण्डफल गरेको छ । आँधीका कारण बाढी आउँदा नर्थ क्यारोलिना आइल्याण्डमा सयौँ मानिस फसेको अनुमान छ ।

बिदा मनाउन जानेका लागि चर्चित आइल्याण्डमा सयौँ मानिस फसेको हुन सक्ने र उनीहरुको उद्धारका लागि प्रयास जारी रहेको राज्य सरकारले बताएको छ । बहमासनमा कम्तिमा ३० जनाको ज्यान लिएको डोरियन आँधी बिहीबार अमेरिका पुगेको हो ।

बहमासमा यो आँधीले जनधनको ठूलो क्षति गरेको छ । अझै पनि हजारौँको संख्यामा बेपत्ता रहेकाले त्यहाँ ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस