आन्ध्र प्रदेशमा डुंगा दुर्घटना, ११ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र २९, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भदौ २९ , काठमाडौं । भारतको आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा आइतबार दिउँसो पर्यटक सवार डुंगा गोदावरी नदीमा डुब्दा ११ जनाको मृत्यु भएको छ भने २७ जना वेपत्ता भएका छन्।

प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ क्रु मेम्बर र ५० पर्यटक रहेको बताइएको छ।

उक्त घटनामा २३ जनालाई जिवितै उद्दार गरिएको छ। सुरक्षाकर्मीले वेपत्ताको खोजी गरिरहेको तर वर्षाका कारण गोदावरी नदीमा उच्च बहाव भएका कारण उद्दारमा कठिनाई भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारले उद्दारका लागि हेलिकप्टरको प्रयोग गर्न निर्देशन दिएको बताइएको छ। नदीमा उच्च बहावका कारण दुर्घटना भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस