लाइबेरियाको विद्यालयमा आगलागी, २३ बालबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन १, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ ।

बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको जनाइएको छ ।

आगलागी के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसैबीच, लाइबेरियाका राष्ट्रपति जर्ज वेइले घटनाप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्न अपील गरेका छन् ।

घटनामा अरु बालबालिकाको पनि ज्यान गएको आशंकामा खोजी भइरहेको जनाइएको छ । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस