असोज ६, काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले सन् २०२१ मा हुने १६ औँ जनगणना मोबाइल एपबाट गर्ने दावी गरेका छन्। राजधानी दिल्लीमा सोमबार जनगणना भवनको शिलान्यस गर्दै गृहमन्त्री शाहले आगामी जनगणनालाई डिजिटल बनाउने बताएका हुन्।
यसक्रममा उनले जनगणना देशको भविष्यबारे विकासको याजना बनाउने आधार भएको भन्दै यसका लागि सबै नागरिकको सहभागिता आवश्यक रहेको बताए।
भारतमा सन् १८६५ बाट जनगणना सुरु भएको थियो। सन् २०२१ मा १६ औँ जनगणना हुँदैछ। शाहका अनुसार यो जनगणना डिजिटल प्रविधिमा आधारित हुनेछ।
जनगणनालाई पूर्ण बनाउनको लागि १६ भाषाको व्यवस्था गरिएको र जसका माध्यमबाट मानिसहरुले आफ्नो सही जानकारी दिनसक्ने उनले बताए। यसका लागि सरकारले एक विशेष मोबाइल एपको बनाइरहेको उनको भनाई छ।
शाहले यस डिजिटल जनगणनाका आधारमा आधार कार्ड, पासपोर्ट, बैंक खाता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्रको सट्टा एउटै कार्ड बनाउने योजना पनि सम्भव भएको बताए।
उनका अनुसार भारत सरकारले यस जनगणनामा अहिलेसम्मकै बढी खर्च लागेको छ। जसमा करिब १२ हजार करोड रुपैयाँ खर्च हुनेछ।एजेन्सी