“अलकायदालाई पाकिस्तानले नै तालीम दिएको हो”: पाकिस्तानी प्रधानमन्त्री खान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन ७, मंगलबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

असोज ७, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादसँग आफ्नो देशको संलग्नता निकै लामो समयदेखि रहेको स्वीकार गरेका छन् ।

अमेरिकामा आयोजित एक कार्यक्रममा खानले अमेरिकाप्रति कटाक्ष गर्दै उसकै जोडबलमा आफुहरुले विश्व आतंकवादी संगठन अलकायदालाई तालिम दिएको सो क्रममा २०० विलियन डलर क्षति भएको उल्लेख गरे ।

काउन्सिल अन फरेन रिलेसन (सीएफआर) को मञ्चमा बोल्दै इमरानले सेप्टेम्बर ११ को हमलापछि पाकिस्तानले अमेरिकाको विश्वास गरेको र मद्दत समेत गरेको, तर यो पाकिस्तानका लागि ठूलो गल्ती भएको बताए । यसकै कारण आफ्नो अर्थव्यवस्थामा ठूलो नोक्सानी भएको उनको भनाई छ ।

अमेरिकाका पूर्व रक्षामन्त्री जेम्स मेटिसले गरेको एक कमेन्टमा जवाफ दिँदै इमरानले पाकिस्तान किन कट्टरपन्थी बन्यो भनी स्मरण गर्नुपर्ने बताए ।

सोभियत संघ रहेका बेला सन् १९८० पश्चात अफगानिस्तान मामिलामा अमेरिकालाई पाकिस्तानले साथ दिएको र सोभियत संघको विरुद्ध युद्धका लागि पाकिस्तानी सेना र आइएसआइले आतंकवादीहरुलाई तालिम दिएको इमरानले उल्लेख गरे ।

यीनै आतंकवादीहरु पछि अलकायदा बनेको र सोभियतले अफगानिस्तान छाडेको उनले बताए । सोभियत संघले अफगानिस्तान छाडेपछि अमेरिकाले पनि छाडेको र आफुहरुले तालिम दिएका आतंकवादीहरु पाकिस्तानमै रहेको इमरानले स्वीकारे ।

त्यसपश्चात सेप्टेम्बर ११ मा यीनै आतंकवादीहरुले अमेरिकामा हमला गरेको, त्यसपछि पनि पाकिस्तानले अमेरिकालाई साथ दिएको उल्लेख गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले यसका कारण आफुहरुलाई बारम्बार झट्का लाग्ने गरेको बताए ।

जम्मू–कश्मीर मामिलामा पनि खानले भारतप्रति कटाक्ष गरे । भारतले त्यहाँ लगाएको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिका तथा संयुक्त राष्ट्रसंघजस्ता निकायले यस मामिलालाई गम्भीरतापूर्वक हेर्न आवश्यक रहेको खानले उल्लेख गरे ।

कश्मीरबारे अमेरिकासँग लगभग गुहार नै लगाएपनि खानले यसमा उचित जवाफ पाउन सकेका छैनन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर मामिलामा भारत आफ्नो मित्र रहेको बताईसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस