“मोदी भारतका पिता सरह हुन”: राष्ट्रपति ट्रम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन ८, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका पिता सरह अर्थात ुफादर अफ इण्डियाु सरह रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघमा औपचारिक भेटका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले मोदीलाई भारतका पिता सरह रहेको बताएर मोदीको प्रशंसा गरेका हुन्।

ट्रम्पले रकस्टार एलविस प्रेस्ली जस्तै मोदी लोकप्रिय रहेको बताउन पनि चुकेनन्। उनले मोदीलाई महान नेता रहेको र सबैले मन पराउने बताए।

मोदी इस्लामिक आतंकवादसँग लड्न सक्नेमा आफ्नो विश्वास प्रकट गरे। मोदी समेत उपस्थित भेटमा उनले काश्मिरको विषयमा मध्यस्थताको कुरा गरेनन्। बरु भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान मिलेर समस्या समाधान गर्नेमा आशा व्यक्त गरे।

जवाफमा मोदीले राष्ट्रपति ट्रम्प आफ्नो मात्र नभइ भारतको पनि राम्रो मित्र रहेको बताए। ४ महिनामा भएको तेस्रो औपचारिक भेटवार्तामा दिपक्षीय र व्यवसायीक समझदारी पनि हुने बताइएको छ।

मोदीले अमेरिकासँग ६० अर्व डलरको व्यवसायीक साझेदारी हुने बताएका छन्। उर्जा क्षेत्रमा साँढे २ अर्व डलरको लगानी हुने मोदीले बताए। भारत अमेरिका व्यापार साझेदारबाट ५० हजार नयाँ रोजगारी सिर्जना हुने पनि मोदीले बताए।

अमेरिका भ्रमणमा रहेका मोदीले यसअघी ह्युस्टनमा ट्रम्पसँगै संयुक्त सभा गरिसकेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस