इराकमा सरकार विरोधी प्रदर्शनमा ४० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ९, काठमाडौं । इराकमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा कम्तिमा ४० जनाको ज्यान गएको छ । सरकार विरोधी प्रदर्शन हिंसामा परिणत हुँदा धेरैको ज्यान गएको हो ।

ज्यान गुमाउनु मध्ये राजधानी बग्दादमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासको क्यानिस्टर लागेका दुईजना पनि रहेका छन् । प्रदर्शनकारीले रोजगार, सुधारिएको सार्वजनिक सेवा तथा भ्रष्टाचारको अन्त्यको माग गरिरहेका छन् ।

समाचार संस्था एएफपीका अनुसार इराकभर भएका प्रदर्शनको क्रममा झण्डै दुई हजार मानिस घाइते भएका छन् । अक्टोबरको सुरुमा भएको यस्तै प्रदर्शनको क्रममा झण्डै १५० जनाको ज्यान गएको थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस