वेष्ट ब्यांकको इजरायली बस्ती अब अवैध रहेन: अमेरिका

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ मंसिर ३, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौं । इजरायलको नियन्त्रणमा रहेको वेष्ट ब्यांकमा रहेको इजरायली बस्ती सम्बन्धमा आफ्नो धारणा अमेरिकाले परिवर्तन गरेको छ । वेष्ट ब्यांकमा रहेको इजरायली बस्ती अन्तर्राष्ट्रिय कानून अनुसार अवैध नरहेको अमेरिकाले बताएको हो ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले वेष्ट ब्यांकका सम्बन्धमा इजरायल र प्यालेस्टाइनबिच वार्ताको खाँचो रहेको र त्यसका लागि पहल भइरहेको बताएका छन् ।

इजरायलले अमेरिकी घोषणाको स्वागत गरेको छ । सन् १९६७ मा भएको मध्य पूर्व युद्धको क्रममा इजरायलले वेष्ट ब्यांकमा बस्ती बसालेको थियो । यो विषयलाई लिएर इजरायल, अन्तर्राष्ट्रिय समुदाय तथा प्यालेस्टाइनबिच लामो समयदेखि विवाद रहँदै आएको छ ।

विविध पक्षबाट गरिएको अध्ययन तथा अनुसन्धानबाट इजारायली बस्ती अन्तर्राष्ट्रिय कानून अनुसार अवैध नरहेको पाइएको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका हुन् । इजरायलको कब्जामा रहेको वेष्ट ब्यांक क्षेत्रमा झण्डै ६ लाख यहुदीहरुको बसोबास छ।

ताजा अपडेट

खोजी गर्नुहोस