ट्रम्पकाे रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ मंसिर १३, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौं । संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ । मुख्य दाता अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो ।

अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन् । तर, यति बेला विश्वको ध्यान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाअभियोगतर्फ सोझिएको छ ।

सदस्य राष्ट्रहरूलाई दबाबमा राख्न अमेरिकाले जानाजान आर्थिक सहयोग रोक्का गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार त्यसको मुख्य कारण ट्रम्पको राष्ट्रसंघप्रतिको नकारात्मक दृष्टिकोण हो ।

राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मीतव्ययी बन्न पुनः पत्राचार गरेको छ । पछिल्लो पत्रमा पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघले सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको बताएका छन् ।

७४ औं महासभा सुरु हुनुअघि राष्ट्रसंघले मातहतका निकायलाई मितव्ययी बन्न पत्राचार गरेको थियो । एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था राष्ट्रसंघ झन्डै चार महिनादेखि आर्थिक संकटमा छ ।

ट्रम्पले राष्ट्रसंघमा अन्य मुलुकको पनि उत्तिकै हिस्सा रहनुपर्छ भन्दै आएका छन् । अमेरिकाले नियमित सदस्यता शुल्क पनि बुझाएको छैन । अमेरिकाले केही रकम दुई साताअघि नै राष्ट्रसंघलाई उपलब्ध गराउने भनेको थियो । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस