सन्कि ट्रम्प : डेमोक्र्याट नेतालाई ठाडै ‘पागल’ भने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ मंसिर २०, शुक्रबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाउने बाटो खुल्ला भएको बताएकी छन्।

पत्रकार सम्मेलन गरेर उनले तल्लो सदनमा चाँडै नै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुने बताएकी हुन् । प्रजातन्त्रको रक्षाका लागि महाअभियोग लगाउनु बाहेक अर्को विकल्प नरहेको उनको भनाई छ । र, यसका लागि राष्ट्रपति ट्रम्पले नै आफूहरुलाई बाध्य पारेको उनले उल्लेख गरेकी छन् ।

राष्ट्रपति ट्रम्पले भने डेमोक्र्याटहरुको सन्तुलन गुमेको टिप्पणी गरेका छन् । उनले आफूमाथि महाअभियोग लगाउने भए तीव्र गतिमा प्रक्रिया सुरु गर्न सुझाव समेत दिएका छन् । राष्ट्रपति ट्रम्पले आरोप गलत हो, भनिरहेका छन् । पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु नछाडेको बताइन्। राष्ट्रपति ट्रम्पले यूक्रेनलाई दिइने सैन्य सहयोगलाई घरेलु राजनीतिक मुद्दासँग जोडेको, डेमोक्र्याटहरूको आरोप छ ।

उनीहरु सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने जो बाइडनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको जिकिर गरिरहेका छन् ।

पेलोसीले यसो भनिन्,

पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले भनिन्, ‘तथ्यहरू अकाट्य छन्। राष्ट्रपतिले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारे।’ उनले महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न सदनका समितिका अध्यक्षहरूलाई बताएकी छन्। प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यो वर्षभित्रै हुनसक्छ। माथिल्लो सदन सिनेटमा यसको सुनुवाई सन् २०२० को जनवरीमा हुनसक्छ। पेलोसीले आफूले कसैलाई घृणा नगरेको भन्दै राष्ट्रपतिलाई घृणाका कारण महाभियोग लगाउने प्रयास नभएको बताइन्।

के भन्यो ? ह्वाइट हाउसले

पेलोसीले प्रतिक्रिया दिनु केही अगाडि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै, ‘यदि महाभियोग लगाउने हो भने त्यो प्रक्रिया चाँडो थाल्न ताकि सिनेटमा त्यसको निष्पक्ष जाँच हुन सकोस्’ भनेका थिए । त्यसपछि देश आफ्नो बाटोमा फर्कन सक्ने उनको तर्क छ । सिनेटमा ट्रम्पको दल रिपब्लिकनको बहुमत छ।

ह्वाइट हाउसकी प्रेस सचिव स्टेफनी ग्रीसमले डेमोक्र्याटहरूलाई लाज लाग्नुपर्ने बताइन्। बीबीसीका अनुसार यदि यो प्रक्रिया अघि बढे राजनीतिक विभाजन झन् गहिरिनेछ। अमेरिकी मतदाताले आउने नोभेम्बर महिनामा आफ्नो मतमार्फत् निर्णय सुनाउनेछन् तर त्योभन्दा अगाडि तिक्ततापूर्ण राजनीतिक दाउपेच चल्ने देखिन्छ। एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस