३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ मंसिर २३, सोमबार (५ साल अघि)
  • ६२ पटक पढिएको
Post Thumbnail

मंसिर २३,काठमाडौँ । फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छिन् । उनी देशको राजनीतिक इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री बनेकी छिन् ।

मरिनले यही हप्ता नै पदभार ग्रहण गर्ने बताइएको छ । मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन् ।

फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सना मरिनलाई प्रधानमन्त्री बन्न जोड दिइएको थियो । यसअघि उनी पहिवहन र सञ्चार मन्त्री पनि रहेकी थिइन् ।

३४ वर्षीया मरिन विश्वकै युवा प्रधानमन्त्री बनेकी छिन् । उनले युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुकलाई पनि पछाडि पारेकी छिन् । होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए ।

त्यस्तै मरिनले न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डेनलाई पनि पछाडि पारेकी छिन् । जसिन्दा ३९ वर्षको उमेरमा प्रधानमन्त्री भएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस