ट्रम्प महाभियोग लागिएका तेस्रो राष्ट्रपति, तल्लो सदनबाट प्रस्ताव पारित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ३, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुष ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएको छ । हाउस अफ रिप्रिजेन्टिभ(तल्लो सदन)ले महाअभियोग लगाउने प्रस्ताव पारित गरेसँगै ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागिएका तेस्रो राष्ट्रपति बनेका छन्।

अब उनी अमेरिकाको राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो त्यहाँको माथिल्लो सदन ‘सिनेट’ले लगाउनेछ। जसक लागि आउने नयाँ वर्ष अर्थात् जनवरी महिनासम्म कुर्नु पर्ने छ ।

यद्यपि, माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बहुमत रहेकाले उनी पदबाट हट्ने सम्भावना भने कम छ । तल्लो सदनले ट्रम्पबाट अधिकारको दुरूपयोग गरेको ठहर गरेको छ। उनीमाथि दुई प्रकरणमा महाअभियोग लगाउन मिल्ने तल्लो सदनको ठहर छ।

ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० मत खस्याे भने उनको पक्षमा १९७ मत खस्यो । मतदानमा अधिकाशं डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरे । बुधवार दिउँसो तल्लो सदनका सदस्यले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका हुन् ।

यस्तै, अब ट्रम्पले कंग्रेसलाई रोकेको आरोपमा पनि मतदानको सामना गर्नुपर्नेछ। राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई ‘कु’को प्रयास र डेमोक्रयाटहरूलाई ठाडै ‘पागल’ भनिरहेका छन् ।  एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस