बुर्किना फासोमा भएको चरमपन्थी हमलामा ३५ सर्वसाधारणको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष ९, एजेन्सी । बुर्किना फासोमा भएको चरमपन्थी हमलामा ३५ सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षाबल र चरमपन्थीको दोहोरो मुठभेडमा ३५ सर्वसाधारण र ८० हमलाकर्ता मारिएको बताइएको छ । देशका राष्ट्रपति रोच मार्क काबोरले यसबारे जानकारी दिएका हुन् । अफ्रिकी देश बुर्किना फासोमा थुप्रै चरमपन्थी संगठन सक्रिय छन् र त्यहाँ रत्तपातपूर्ण घटना थुप्रै पटक भइसकेका छन् ।

चरमपन्थी हमलामा ३५ को मृत्युः
राष्ट्रपतिले यो ठूलो चरमपन्थी हमलाको जानकारी ट्वीटरमा दिएका छन् । सुरक्षा बलसँगको मुठभेडमा ३५ सर्वसाधारणको मृत्यु भएको छ । मृतकमा धेरैजसो महिला छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस