मलेसियामा कामदारको तलब बढ्यो, कति बढ्यो ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष १०, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १०, काठमाण्डौँ । मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलव बाउने जनाएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब १ हजार २ सय रिंगिट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १ सय रिंगिट रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस