एक दशकमा अफगानी युद्धमा एक लाख नागरिक मारिए : राष्ट्रसंघ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ११, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौँ । अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी व्यक्ति मृत्यु वा घाइते भएका संयुक्त राष्ट्रसंघले जारी प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्याङ्क जारी गर्दै १८ बर्षे युद्धलाई अन्त्य गर्न आग्रह गरेको हो। अफगानिस्तानका तालिवान विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ता चलिरहेको समय संयुक्त राष्ट्रसंघले बिहीबार यो तथ्याङ्क जारी गरेको हो ।

गत सेप्टेम्बरमा तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको वार्ताका आधारमा एक सम्झौता गर्दै स्थायी शान्तिका लागि अघि बढ्ने भनाइहरू आइरहेका समय विद्रोहीले अमेरिकी सैन्य अधिकारीको मृत्यु हुने गरी काबुलमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकतर्फीरूपमा वार्ता तत्कालका लागि भङ्ग भएको जानकारी गराइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस