कजाकस्तानमा सय जना यात्रु बोकेको विमान दुर्घटना, अनुसन्धान हुँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ११, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौँ । कजाकस्तानको अल्माटी विमानस्थल नजिकै सय जना यात्रु बोकेको विमान दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शुक्रबार बिहान अल्माटी विमानस्थलबाट नुरसुल्तानका लागि उडेको विमान केही बेरमै दुर्घटना भएको हो । बिमानमा सवार अन्य यात्रु जिवित भेटिएको वा नभेटिएको भन्ने प्रष्ट छैन । दुर्घटना भएपनि विमानमा आगो भने नलागेको बताइएको छ।
यस्तै फिलिपिन्सको मध्य क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । बुधवार क्रिसमस मनाइरहँदा आएको ुटाइफुन फ्यानफोनु नामक आँधीका कारण सयौं घरहरु नष्ट भएका छन् । १९० किलोमिटर प्रति घण्टा गतिमा आएको आँधीका कारण १२ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । आँधीका कारण धेरै स्थानमा पहिरो गएको र शहरहरु जलमग्न भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस