पौष १४, काठमाण्डौँ । आफ्नो देशका एकजना ठेकेदारको मृत्यु लगत्तै अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरूका अखडामा आक्रमण गरेको छ । कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन भनेको छ ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए ।