पौष १८, काठमाण्डौँ । बिगत ३ महिनाभन्दा बढी समयदेखि फैलिएको डढेलो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विनाशकारी तथा बढी क्षेत्रफललाई प्रभावित पारेको डढेलो मानिएको छ । यो डढेलोले ५ सेप्टेम्बर २०१९ देखि हालसम्म अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफललाई प्रभावित गरिसकेको छ ।
त्यसैगरी डढेलोको प्रकोपमा परी १९ जनाको मृत्यु भइसकेको छ भने करिब २ हजार ५ सयभन्दा बढी संरचनाहरू नष्ट भइसकेका छन् । यो सङ्ख्या आगामी दिनमा अझै बढ्न सक्ने अनुमान गरिएको छ ।