विश्व बजारमा तेलको मुल्य किन बढ्यो ? कारण यस्तो छ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष १९, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १९,काठमाडौँ । अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै महंगो हो । इराकको राजधानी बग्दादमा शुक्रबार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि तेलको भाउ बढेको हो ।

विश्लेषकले अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्द सुरु गर्न नभई बन्द गर्न सुलेमानीको हत्या गरेको प्रतिक्रिया दिएका छन ।

पेन्टागनले आक्रमणलाई प्रतिरक्षा कदम भनेको छ । इरानले भने आक्रमणलाई अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा दिँदै कडा बदला लिने चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस