पौष २०, काठमाण्डौँ । इराकी सेनाले राजधानी बगदाद लगायत केही क्षेत्रमा रकेट आक्रमण भएको जनाएको छ । रकेट आक्रमण अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदादको नजिक जदरिया र अमेरिकी सुरक्षा बलको बलाद एयरबेसमा भएका हुन् ।
सेनाले आक्रमणमा मानवीय क्षति नभएको जनाएको छ । इरान समर्थित मिलिशिया लडाकुहरुले विगत केही हप्तादेखि यस्तो आक्रमण गरिरहेका छन् । अमेरिकी आक्रमणमा इरानका कमाण्डर कासिल सुलेमानी मारिएपछि यो तनाव बढेको छ ।