पौष २१, काठमाण्डौँ । अस्ट्रेलियामा पानी परेको छ । डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियाले बर्षाले केही राहत दिएको छ । यसले गर्दा लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ ।
आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ । डढेलोले अति प्रभावित भएको न्यू साउथ वेल्सका केही क्षेत्रमा पनि वर्षा भएको छ । तर अधिकारीहरुले आउँदो बिहीबारदेखि पुनः तापक्रम बढ्ने चेतावनी दिएका छन् ।