पौष २३, काठमाण्डौँ । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीको प्रदर्शनमा ऐकवद्धता प्रकट गर्न अभिनेत्री दीपिका पादुकोण पनि पुगेकी छन् ।
दुई दिनअघि नकावधारी हिन्दूवादी समूहले आक्रमण गरेको विरोधमा जेएनयूका विद्यार्थीहरुले प्रदर्शन गर्दैआएका छन् । आइतबारको उक्त घटनामा विद्यार्थी युनियनका अध्यक्षसहित थुप्रै विद्यार्थी र शिक्षक घाइते भएका थिए ।