पौष २३, काठमाण्डौँ । इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् । युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ ।
उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ । सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान(अमेरिका तनावसँग रहे नरहेको स्पष्ट छैन । बिबिसिबाट