पौष २४, काठमाण्डौँ । अष्ट्रेलियामा आगलागीपछि पानीका लागि भौतारिएका जंगली ऊँटलाई धमाधम मारिदैछ । ऊँटले सर्वसाधारणको घर र वस्तीमा पसेर आक्रमण गर्न थालेपछि मार्न गर्न थालिएको हो ।
बुधबारबाट शुरु गरिएको ऊँट मार्ने सिलसिला पाँच दिनसम्म चल्ने जनाइएको छ । जंगलमा आगो लागेपछि पानीका लागि ऊँट भौतारिंदा सडकमा देखिन थालेका छन् । सर्वसाधारण असुरक्षित भएका छन् । सुरक्षाका लागि भन्दै अष्ट्रेलिया सरकारले ऊँट मार्न शुरु गरेको हो । एजेन्सी