पौष २४, काठमाण्डौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन् ।
उनका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन् ।