पौष २६, काठमाण्डौ । भारतमा नागरिकता संशोधन कानून लागू भएको छ । मुलुकभर जारी विरोध प्रदर्शनकाबीच शुक्रवारदेखि सो कानून लागू भएको हो । संसदबाट पारित हुनुपूर्व देखि नै यस विधेयकमा विरोध शुरू भएको थियो ।
यस कानूनको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको थियो भने केही दिनसम्म हिंसात्मक प्रदर्शन भएको थियो । अन्तराष्ट्रिय समुदायले पनि भारतको यो कानूनलाई लिएर अनेक आकलन गरिरहेका थिए ।