बीबीसी
पौष २७, काठमाण्डौ । मेक्सिकोको आधिकारिक निकायका अनुसार २००६ मा देशले ड्रग्स विरुद्धको लडाईँ सुरु गरेदेखि ६० हजार मानिस बेपत्ता भइसकेका छन् । सो सङ्ख्या यसअघि अनुमान गरिए भन्दा धेरै रहेको बताइएको छ । गत वर्ष मात्र मेक्सिकोमा ड्रग्सकै कारण ३१ हजार मानिसको हत्या भएको पनि तथ्याङ्कले देखाएको छ ।
यसरी त्यहाँ ड्रग्सको कारोबार गर्न ठुल्ठुला अपराधिक समुहको संलग्नता हुँदा सुरक्षा बल पनि हत्या र बेपत्ताका घटनाका लागि दोषी ठहरिने गरेका छन् । हराएकाहरु मध्ये ५३ प्रतिशत १५–३५ वर्षबीचको भएको र ७४ प्रतिशत पुरुष रहेको बताइएको छ ।