पौष २८, काठमाण्डौ । शाही जिम्मेवारी त्यागेका राजकुमार ह्यारी सँग ब्रिटिस महारानीले ड्यूक एवम् डचिस अफ सक्सिसको भावी भूमिकाबारे छलफल गर्ने भएकी छन् ।
राजकुमार ह्यारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए । शाही जिम्मेवारी त्यागेका राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँग नयाँ सम्बन्धबारे छलफल हुने बताइएको छ ।