पाकिस्तानको बलुचिस्तानमा हिमपात हुँदा २५ को मृत्यु, संकटकाल घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । पाकिस्तानमा हिमपात र भीषण वर्षाले २५ जनाको मृत्यु भएको छ । सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्यधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ । बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ । खराब मौसमका कारण सडक र हवाई मार्ग पनि प्रभावित भएका छन् ।

क्वेटामा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् । क्वेटा अस्पतालले घाइते भएका दर्जनौं बालबालिका अस्पतालमा भर्ना भएको जनाएको छ । पाकिस्तानी मौसम विज्ञान विभागले २० वर्षयताकै भीषण हिमपात भएको जानकारी दिएको छ । पूर्वी पञ्जाब क्षेत्रमा भने ११ जनाको मृत्यु भएको छ । हाल बलुचिस्तानसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस