माघ २, काठमाण्डौ । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा नेपाली सवार मिनीबस दुर्घटनामा परेको छ । २४ जना सवार सो मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जनाएका छन् ।
दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ । तर मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइनसकेको राजदूत ढकालले फेसबुकमार्फत जनाएका छन् । बिहीबार बिहान साढे ५ बजे अल राहा सडकमा सो दुर्घटना भएको थियो । घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ ।